काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । कम्पनीले गत कात्तिक २२ गते सम्पन्न छैठौं साधारण सभाबाट पारित १६ दशमलव ९० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।
कम्पनीले कात्तिक ७ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको जानकारी दिएको छ ।