काठमाडौं । अघिल्लो दिन बजारमा ठूलो गिरावट देखिएकोमा आज भने बजारमा सामान्य करेक्सन देखिएको छ। नेप्से परिसुचक ५ दशमलव ५९ अंकले मात्र घटेको छ । ५ अर्ब ३९ करोडको शेयर कारोवार हुँदा ५८ नम्बर ब्रोकरबाट आज सबै भन्दा धेरै कारोवार भएको छ । हिजोको ठूलो करेक्सनमा ठूला ब्रोकरहरुबाट बिक्री धेरै भएकोमा आजको कारोवारले भने थोरै अवस्था फरक देखाएको छ । आज ठूला ब्रोकरहरुबाट थोरै भए पनि बिक्री भन्दा खरिद धेरै भएको देखिन्छ।
आज सबै भन्दा धेरै कारोवार गरेको ५८ नम्बर ब्रोकरबाट ३२ करोड २९ लाख बराबरको खरिद र ३० करोड ७८ लाख बराबरको बिक्री भएको छ। त्यस्तै ब्रोकर नम्बर ४५ बाट ३० करोड ७४ लाखको खरिद र २९ करोड ३६ लाखको बिक्री भएको छ।
तेश्रोमा ब्रोकर नम्बर ४९ को भने सामान्य रकमको विक्री धेरै भएको छ भने चौथोमा ३४ नम्बर ब्रोकरबाट पनि खरिद नै धेरै भएको छ ।
हिजो आक्रामक रुपमा बिक्री धेरै देखिएको ठूलो ब्रोकरको फ्लोरसिटले देखाएकोमा आज भने ठुला ब्रोकरको फ्लोरसीट केही समालिएको देखिएको छ। तर पनि आक्रामक खरिद भने ठूलो ब्रोकरबाट आज देखिएको छैन।