IME Life New

बजार सामान्य घट्दा ठूला ब्रोकरहरुले के गरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अघिल्लो दिन बजारमा ठूलो गिरावट देखिएकोमा आज भने बजारमा सामान्य करेक्सन देखिएको छ। नेप्से परिसुचक ५ दशमलव ५९ अंकले मात्र घटेको छ ।  ५ अर्ब ३९ करोडको शेयर कारोवार हुँदा ५८ नम्बर ब्रोकरबाट आज सबै भन्दा धेरै कारोवार भएको छ । हिजोको ठूलो करेक्सनमा ठूला ब्रोकरहरुबाट बिक्री धेरै भएकोमा आजको कारोवारले भने थोरै अवस्था फरक देखाएको छ । आज ठूला ब्रोकरहरुबाट थोरै भए पनि बिक्री भन्दा खरिद धेरै भएको देखिन्छ।

Esewa
Crest

आज सबै भन्दा धेरै कारोवार गरेको ५८ नम्बर ब्रोकरबाट ३२ करोड २९ लाख बराबरको खरिद र ३० करोड ७८ लाख बराबरको बिक्री भएको छ। त्यस्तै ब्रोकर नम्बर ४५ बाट ३० करोड ७४ लाखको खरिद र २९ करोड ३६ लाखको बिक्री भएको छ।

तेश्रोमा ब्रोकर नम्बर ४९ को भने सामान्य रकमको विक्री धेरै भएको छ भने चौथोमा ३४ नम्बर ब्रोकरबाट  पनि खरिद नै धेरै भएको छ ।

हिजो आक्रामक रुपमा बिक्री धेरै देखिएको ठूलो ब्रोकरको फ्लोरसिटले देखाएकोमा आज भने ठुला ब्रोकरको फ्लोरसीट केही समालिएको देखिएको छ। तर पनि आक्रामक खरिद भने ठूलो ब्रोकरबाट आज देखिएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS