Connect IPS
IME Life

आरम्भ चौतारी लघुवित्तको नाफा ४ करोड ३५ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्ममा ४ करोड ३५ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ३० दशमलव २५ प्रतिशतले घटेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ६ करोड २४ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

यस अवधिमा कम्पनीको सञ्चालन नाफा १ प्रतिशत मात्र बढेको छ । गत वर्ष ६ करोड ७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस अवधिमा ६ करोड ३२ लाख संचालन मुनाफा गरेको छ ।

Prabhu
Crest

कम्पनीको हाल चुक्ता पूँजी ३६ करोड ९ लाख २३ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष ४४ दशमलव ६७ प्रतिशत वृद्धि गरेको छ । यस अवधिमा कम्पनीको जगेडा कोषमा १९ करोड १० लाख ४५ हजार रुपैयाँ संचिती रहेको छ ।

कम्पनीले गत वर्षभन्दा यसवर्ष ८० दशमलव ३९ प्रतिशत बढी ३ अर्ब ४८ करोड कर्जा सापटी लिएको छ । १ अर्ब ५७ करोड ९३ लाख निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको निक्षेप संकलन ४८ दशमलव ८१ प्रतिशतले बढी हो । १ कम्पनीले करीब २ प्रतिशत बढी ५ अर्ब ४६ करोड ९२ लाख कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २८ रुपैयाँ ३७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS