IME Life New

नेपाल लाइफको बीमाशुल्क भुक्तानीमा एक हजारसम्म छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले नविकरण बीमाशुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्न बीमितहरुलाई प्रेरित गरिरहेको छ।
कोरोना महामारीको कारण सकेसम्म कार्यालयमा उपस्थित नै नभई बीमितले सहजरुपमा नविकरण बीमाशुल्क भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गरेको हो।

बीमितले बीमाशुल्क भुक्तानी मितिभन्दा  सात दिनपछि सम्मको अवधिभित्र विद्युतीय माध्यमबाट भुक्तानी गरेको अवस्थामा एक हजार रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने नेपाल लाइफले जानकारी दिएको छ। उदाहरणका लागि कुनै बीमालेखको बीमाशुल्क फागुन १ गते भुक्तानी गर्नुपर्ने छ भने माघ महिनाको २४ गतेदेखि फागुन महिनाको ७ गतेभित्र भुक्तानी गरेको अवस्थामा यस्तो नगद फिर्ता उपलब्ध हुनेछ।

Esewa
Crest

यो सुविधा हाल ईसेवा, खल्ती, प्रभु पे र आइएमई पे डिजिटल वालेटमार्फत् गरिने नविकरण बीमाशुल्क भुक्तानीमा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS