Connect IPS
IME Life

एनआईसी एशिया क्यापिटलको नाफा ७५.५९ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समयमा मर्चेण्ट बैंकिङ्ग व्यवसायमा बढ्दै गईरहेको तिब्र प्रतिस्प्रर्धा तथा कोरोना महामारीबा सिर्जना भएको चुनैतिका बाबुजुत पनि आर्थिक वर्ष २०७८/०७९ को दोश्रो त्रैमाससम्म क्यापिटलले समग्र व्यवसायमा उत्साहजनक बृद्धि गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को दोश्रो त्रैमास अन्त्यसम्म क्यापिटलले एनआइसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत चार वटा योजनाहरु संचालन गरिरहेको छ । जस अन्तर्गत तीन वटा बन्दमुखी योजनाहरु “एनआइसी एशिया ग्रोथ फण्ड”, “एनआइसी एशिया ब्यालेन्सड् फण्ड” र “एनआइसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)” तथा एउटा खुलामुखी योजना “एनआइसी एशिया डाईनामिक डेप्ट फण्ड” संचालन गरिरहेको छ ।

Prabhu
Crest

क्यापिटलले आर्थिक वर्ष २०७८/०७९ को दोश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार क्यापिटलले ५ करोड ४९ लाख ६९ हजार खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी ५४.९७ कायम गर्न सफल भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७५.५९ प्रतिशतले बृद्धि हो ।

एनआइसी एशिया ग्रोथ फण्ड” तथा “एनआइसी एशिया ब्यालेन्सड् फण्ड” संचालनमा आएको पहिलो वर्ष देखि नै नगद लाभांश वितरण गर्न सफल भएको छ । ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ५२ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।

ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ३८ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा नै १० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।

उक्त लाभांश वितरण पश्चात् समेत आर्थिक वर्ष २०७८/०७९ को दोश्रो त्रैमासको अन्त्यमा “एनआइसी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य १५.९०, “एनआइसी एशिया ब्यालेन्सड् फण्ड” को खुद सम्पत्ति मूल्य १४.६३ तथा पहिलो खुलामुखी योजना “एनआइसी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य १०.९३ कायम गर्न सफल भएको छ ।

तेश्रो बन्दमुखी योजना एनआइसी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डको बाँडफाँड भएको पहिलो छ महिनामा खुद सम्पत्ति मूल्य १०.२९ कायम रहेको क्यापिटलले जनाएको छ ।

क्यापिटलले २०७८ साल पौष मसान्तसम्म ५ लाख २९ हजार भन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS