IME Life New

सिभिल बैंकको नाफा १४८ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंक लिमिटेडले चालू आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा बैंकले १४८ दशमलव ४२ प्रतिशतले नाफा वृद्धि गरेको छ । यस अवधिमा २० करोड २८ लाखबाट ५० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

त्यस्तै यस आर्थिक बर्षको दोस्रो त्रैमासमा बैंकको वितरण योग्य मुनाफा ६९ करोड ७९ लाख रुपैयाँ रहेको छ। बैंकको निक्षेप गत आर्थिक बर्षको तुलनमा ३ दशमलव ४६ प्रतिशतले बढेर ९१ अर्ब ६९ करोड पुगेको छ भने कर्जा लगानी ५ दशमलव ५५ प्रतिशतले बढेर अर्ब ४२ करोड पुगेको छ।

Esewa
Crest

खुद ब्याज आम्दानी गत आर्थिक बर्षको तुलनामा ५७ दशमलव ०३ प्रतिशतले बढेर १ अर्ब ४६ करोड पुगेको छ। संचालन मुनाफा पनि १७१ दशमलव ४६ प्रतिशतले बढेर २६ करोड ९७ लाखबाट ७३ करोड २२ लाख पुगेको छ।

यस अवधिमा बैंकको चुक्तापुंजी ८ अर्ब ६४ करोड रहेको छ भने रिजर्भ तथा सरप्लस २४ प्रतिशतले बढेर २ अर्ब ५४ करोड पुगेको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा, प्रति शेयर नेटवर्थ १२९ रुपयाँ ३९ पैसा तथा मुल्य आम्दानी अनुपात २१ दशमलब ८७ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS