IME Life New

यूनियन लाइफद्धारा नेपालगंजका अतिविपन्न तथा प्राकृतिक प्रकोप पिडितलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.१२ का अतिविपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितलाई न्यानो कपडा वितरण गरेको छ । पछिल्लो समय कम्पनीले सामाजिक सेवामा समेत अग्रसर हुदै आएको पाइएको छ । बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं. १२ मा रहेका अति विपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितलाई जाडोमा न्यानो कपडा वितरण गरेको कम्पनीका बरिष्ठ गोल्ड स्टार एजेन्सि म्यानेजर एवं कार्यक्रम संयोजक विमल ढकालले जानकारी दिए ।

कम्पनीका बरिष्ठ गोल्ड स्टार एजेन्सि म्यानेजर एवं कार्यक्रम संयोजक ढकालका अनुसार नेपालगंजमा न्यानो कपडा स्वरुप करिव ४७ जनालाई कम्बल वितरण गरिएको खजुरा तथा बर्दियामा समेत राहत वितरणको कार्यक्रम रहेको जानकारी दिए ।

Esewa
Crest

२०७८ सालको दिपावलीमा युनियन देउसी भैलो कार्यक्रमबाट उठेको रकमले अति विपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितका लागि सहयोग संकलन गर्ने उदेश्य राख्दै खेलिएको भैलीको उदेश्य पुरा गर्न पाउँदा निकै खुसी लागेको यूनियन लाईफ इन्स्योरेन्सका सदस्य तथा पदाधिकारीहरुको प्रतिक्रिया रहेको छ ।

न्यानो कपडा वितरण कार्यक्रम विशेष गरी नेपालगंज उपमहानगरपालिक–१२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदीको पहलमा भएको थियो । कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै अध्यक्ष सुवेदीले युनियन लाइफ इन्स्योरेन्स परिवारले नेपालगंज उपमहानगरपालिका वडा नं।१२ का अति विपन्न परिवारलाई छनोट गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।

अध्यक्ष सुवेदीले भने,“सामाजिक सेवामा लागेको युनियन लाइफ इन्स्योरेन्सलाई बधाई पनि दिन चाहान्छु साथै नेपालगंज उपमहानगरपालिका –१२लाई छनोट गरी यहाँका जनतालाई जडोमा न्यानो कपडा दिएकोमा खुशी छु” ।

राहत वितरण कार्यक्रममा विगत लामो समय देखि व्लड क्यान्सरबाट पिडित नेपालगंज उपमहानगरपालिका–१२ का ४ वर्षिय बालिका सम्भता नगरकोटीलाई उपचार खर्च स्वरुप नगद रु २५ हजार प्रदान गरीएको थियो ।

कार्यक्रममा युनियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख भोज कुमार कुवंर,प्रदेश उपप्रमुख उमेश ठाकुर,नेपालगंज शाखा प्रमुख उत्तम ढकाल,पुर्व विमारत्न निरज कुमार भट्ट र सिओटि झविन्द्र मरासिनी,बरिष्ठ एजेन्सि म्यानेजर टिकामणि उपाध्याय,बरिष्ठ एजेन्सि म्यानेजरहरु अर्जुन शाही,शारदा सुवेदी,कृष्ण प्रसाद सुवेदी,यज्ञराज जोशी ,टिना केसी,रमेश बिसि ,जीव नारायाण बेलबासे ,सुर्य कसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS