काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३२ दशमलव ९६ अंकले बढेर २,९३१ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको २२ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज अपि पावर कम्पनीको १८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज शिखर इन्स्योरेन्स कम्पनीको १७ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १५ करोडमाथिको शेयर कारोबार भएको छ ।