IME Life New

नेपाल लाइफले आन्दोलित अभिकर्ताको माग संबोधन गर्ने, नयाँ बीमालेख जारी गर्न छिट्टै खुल्ला हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आन्दोलनमा रहेका अभिकर्ताको माग संबोधन गर्ने भएको छ । कम्पनीले अभिकर्ता केन्द्रीय संघर्ष समितिले राखेका जायज माग पुरा गर्नका लागि ७ जनाको कार्यदल गठन गर्ने भएको छ । कार्यदलमा कम्पनीको तर्फबाट तीन जना, केन्द्रिय संघर्ष सिमितिको तर्फबाट २ जना र बीमक समितिबाट २ जना रहने छन् ।

कम्पनीले आज विहान साढे १० बजे कार्यदल गठन गर्नेछ । संघर्ष समितिले हिजो कम्पनीको उच्च व्यवस्थापन सँग वार्ता गरेको थियो । वार्ताका क्रममा विगत श्रावण २४ गते अभिकर्ता र कम्पनी बीच भएको एजेन्सी स्ल्याब परिवर्तन सम्झौतालाई पुनरावलोकन गरि सेल्फ कोड को स्ल्याब घटाउन कम्पनी सकरात्मक भएको संघर्ष समितिका संयोजक गणेश अधिकारीले जानकारी दिए । साथै अभिकर्ता केन्द्रीय संघर्ष समितिले उठाएका मागहरु बीमितको बोनस दर, अभिकर्ता कर्जा, बीमितको नविकरण ब्याज छुट, जिरो कोडको अभिकर्ता, नयाँ प्रोडक्ट बजार अनुकुल ल्याउने, समर्पण, ऋण, मृत्यु दाबी भुक्तानी, भविष्यनिधि लगायतको सम्बन्धमा अभिकर्ताले उठाएका मागहरु सम्बोधन गर्न कार्यदल गठन गर्ने भएको हो ।

Esewa
Crest

आज कार्यदल गठन भए लगत्तै संघर्ष समितिले द्धिपक्षिय सहमतिपत्रमा हस्ताक्षर गरेर नयाँ बीमालेख जारी गर्न खुला गर्ने भएको छ । संघर्ष समितिले पुस १७ गतेदेखि कुनै पनि नयाँ पोलिसी बिक्री गर्न दिएको छैन । यस अवधिमा संघर्ष समितिले कम्पनी सँग लगातार वार्ता गर्दै आइरहेको थियो । विगत दुई साता भन्दा लामो समय नयाँ पोलिसी नै बिक्री नहुँदा कम्पनीले ठुलो नोक्सानी बेहोर्नु परेको थियो । संघर्ष समितिले अहिलेलाई सम्पुर्ण संघर्षका कार्यक्रम स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS