IME Life New

बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत एउटा कार्यक्रममा बढिमा ५ प्रतिशत मात्रै खर्च गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर खर्च गर्दा एउटा कार्यक्रममा अधिकतम ५ प्रतिशत भन्दा बढि खर्च गर्न नपाउने व्यवस्था गर्न लागिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०७८ मस्यौदामा ‘कुनै एउटा कार्यक्रममा त्यस आर्थिक वर्षको कुल खर्च योग्य संस्थागत सामाजिक उत्तरदायित्व रकमको ५ प्रतिशतभन्दा बढी खर्च गर्न पाइने छैन’ भनिएको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दा कुनै पनि व्यावसायिक वा व्यक्तिगत स्वार्थ बाझिने गरी कुनै विशेष भौगोलिक क्षेत्र तथा विषयमा अधिकेन्द्रित नभई जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्य, समाजको आवश्यकतालाई प्राथमिकतामा राखी न्यायोचित ढङ्गले खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS