काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त भएको छ । कम्पनीले माघ २ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा बिओके क्यापिटललाई नियुक्त गरेको जनाएको छ ।
कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसारी रोक्का राख्नेलगायतका कार्यहरु बिओके क्यापिटलबाट हुनेछ ।