काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६९ अंकले बढेर २,९२६ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज ९ अर्ब ५५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५४१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज अपि पावर कम्पनीको ३० करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५३४ रुपैयाँ कायम भएको छ । अपर तामाकोशीको २९ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २६ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।