IME Life
GBIME

नेप्से ६९ अंकले बढ्दा साढे ९ अर्बमाथिको कारोबार, सबै उपसूचकमा छायो हरियाली

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६९ अंकले बढेर २,९२६ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज १६७ वटा कम्पनीको शेयर मल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै उत्पादनमुलक उपसूचक बढेको छ ।

आज दिनभरिमा २२९ वटा कम्पनीको १ करोड ८० लाख ४५ हजार ३७२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५५ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५४१ रुपैयाँ कायम भएको छ ।

Crest

त्यस्तै, आज अपि पावर कम्पनीको ३० करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५३४ रुपैयाँ कायम भएको छ । अपर तामाकोशीको २९ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २६ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सेञ्चुरी कमर्सियल बैंकको शेयर टप डिमान्डमा परेको छ । सबैभन्दा धेरै स्टाण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मध्य भोटेकोशीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन डिस्टीलरीका लगानीकर्ताले ८ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । सिभिल बैंकका लगानीकर्ताले ८ दशमलव २० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS