IME Life New

एनआइसी एशिया बैंकले चार कम्पनीको संस्थापक शेयर लिलामी प्रक्रिया मार्फत विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वको तीन लघुवित्त तथा नागरिक लगानी कोषमा रहेको संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको जनाएको छ । बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ८३ हजार ८२९ कित्ता, महुली लघुवित्तको ११ हजार २५४ कित्ता र नागरिक लगानीको कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

उक्त शेयर खरिद गर्न चाहानेले माघ २ गतेदेखि माघ ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आरएमडिसी लघुवित्तको न्यूनतम शेयर मूल्य ४९४ रुपैयाँ, मेरो माइक्रोफाइनान्सको न्यूनतम शेयर मूल्य ४८४ रुपैयाँ, महुली लघुवित्तको न्यूनतम शेयर मूल्य ६४० रुपैयाँ र नागरिक लगानी कोषको न्यूनतम मूल्य १ हजार १८३ रुपैयाँ तोकिएको छ ।

Esewa
Crest

नागरिक लगानी कोषको उक्त शेयर खरिदका लागि शिलबन्दी बोलपत्र आवेदन फाराम पाइने र बुझाउने स्थान (संकलन केन्द्र) एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाण्डौ, एनआई एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयः ट्रेड टावर, थापाथली, काठमाण्डौ, शाखा कार्यालयहरु क्रमश, विराटनगर, मोरङ्ग, आदर्शनगर, वीरगंज, पर्सा, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेत रहेको जनाएको छ ।

त्यस्तै, महुली लघुवित्तको शेयर खरिदका लागि शिलबन्दी बोलपत्र आवेदन फाराम पाइने र बुझाउने स्थान (संकलन केन्द्र) एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाण्डौ भनिएको छ भने आरएमडिसीको लागि पनि शिलबन्दी बोलपत्र आवेदन फाराम पाइने र बुझाउने स्थान (संकलन केन्द्र) एन आई सी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाण्डौ रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी मेरो माइक्रोफाइनान्सको पनि शिलबन्दी बोलपत्र आवेदन फाराम पाइने र बुझाउने स्थान (संकलन केन्द्र) एन आई सी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाण्डौ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS