IME Life New

तरलता सहज हुने प्रक्षेपण सँगै बैंकहरुले व्याजदर बढाएनन्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाणिज्य बैंकहरुले माघ महिनामा पनि पुसकै व्याजदरलाई निरन्तरता दिएका छन् । नेपाल राष्ट्र बैंकले एक पटकमा १० प्रतिशतसम्मले व्याजदर बढाउन पाउने व्यवस्था गरिदिए पनि उनिहरुले पुसकै व्याजदरलाई निरन्तरता दिएका हुन् ।

बाणिज्य बैंकहरुले सर्वाधिक धेरै मुद्दती निक्षेपको लागि १०.०५ प्रतिशतसम्म दिएका छन् । यस पटक स्ट्याण्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपको व्याजदरलाई १०.०५ प्रतिशतबाट ९.५० प्रतिशतमा झारेको छ । सिभिल बैंक, कृषि विकास बैंक लगायतले रेटिट तर्फको मुदद्ती निक्षेपका लागि ११.०५ प्रतिशतसम्म व्याजदर दिएका छन् ।

Esewa
Crest

बैंकहरुले सर्वसाधारणले देख्ने गरी अधिकतम १०.०५ प्रतिशत व्याजदर दिए पनि ठुला ठुला निक्षेपकर्ताहरुलाई पनि फरक हिसावले व्याजदर दिने गरेको पाइएको छ । नियम अनुसार उनिहरुले १० प्रतिशत भन्दा धेरैले दिन पाउदैनन् । अर्को तर्फ मुद्दती निक्षेपकर्तालाई फकाउनका लागि बैंकहरुले ०.१० प्रतिशतसम्म बढाउन पाउने व्यवस्था छ । यस बाहेक पनि बैंकहरुले निक्षेप टिकाउनका लागि अन्य किसिमका उपायहरु अपनाउने गरेको पाइएको छ ।

विकास बैंकहरुले पनि पुस महिनाकै व्याजदरलाई निरन्तरता दिएका छन् । विकास बैंकहरुले अधिकतम १०.३५ प्रतिशतसम्म व्याजदर दिएका छन् । त्यस्तै फाइनान्सहरुले अधिकतम १०.६५ प्रतिशतसम्म व्याजदर दिएको पाइएको छ ।

माघ पछि तरलता सहज हुने अनुमान सँगै बैंकहरुले व्याजदर नबढाएका हुन् । माघ महिनामा रेमिट्यान्सको आप्रवाह पनि बढ्ने र सरकारकी खर्च पनि विस्तारै बढ्न थाल्ने भएकाले बैंकिङ प्रणालीमा पैसा आउने थाल्ने अनुमान लगाइएको छ । अर्को तर्फ नेपाल सरकारले स्थानीइ तहको जगेडा कोषमा रहेको रकमको ८० प्रतिशत पैसालाई बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरिदिएको हुँदा बैंकिङ प्रणालीमा देखिदै आएको चरम तरलता अभावको समस्या विस्तारै निराकरण हुँदै जाने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS