Connect IPS
IME Life

एनसीसी बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.०० प्रतिशत बोनश शेयर र सो बोनश शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

सभाबाट पारित ८ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ पुग्ने भएको छ । बैंकको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest

बैंकले आर्थिक वर्ष २०७७/७८ मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी रू. ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि रु. १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS