IME Life

नविल सँगको मर्जर भाडिएर नेपाल बंगलादेश बैंक सनराइजमा गाभिदा कस्तो आउला सिनर्जी ?

SPIL
NIC ASIA

काठमाडौं । नविल बैंक सँग मर्जरमा जाने आन्तरिक सहमति सहित आई.एफ.आई.सीले नेपाल बंगलादेश बैंकको शेयर विनोद चौधरीको समुहलाई बिक्री गर्ने सहमति विरुद्ध अदालतले खरिद प्रकृयाँ अगाडी नबढाउन भने सँगै सनराइज बैंकको नाम अगाडी आएको छ ।

नेपाल बंगलादेश बैंक र सनराइज बैंकमा संस्थापकहरुको क्रस होल्डिङ्स रहेको छ । क्रस होल्डिङ्सका कारण यस समुहले आई.एफ.आई.सीको नाममा रहेको शेयर सकार्ने र सनराइज बैंकमा मर्ज गर्ने योजना बनाएका थिए । तर आई.एफ.आई.सीले नविल बैंकका संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री गर्ने सहमति गरेपछि सनराइज बैंक समुहले अदालतमा मुद्दा दायर गरेको थियो । सोहि मुद्दाको प्रारम्भिक सुनुवाइका क्रममा पुस २७ गते सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु भन्दै आदेश दिएको छ ।

Prabhu
Crest

अदालतको यस्तो आदेशले नविल बैंक सँगको मर्जर प्रकृयाँ भाडिन सक्ने आकलन गरिएको छ । यदि अदालतले आई.एफ.आई.सीलाई पुर्ववत रुपमा सनराइज बैंकका संस्थापकहरु सँग भएको सहमति कार्यान्वयन गर्नु भन्यो भने स्वत सनराइजले नेपाल बंगलादेश बैंकलाई प्राप्ती गर्न सक्ने देखिन्छ ।

आई.एफ.आई.सीको शेयर बिक्रीका लागि यस भन्दा अगाडी नै बोलकबोल आह्वानका साथै केहि हदसम्मको सहमति भैइसकेको थियो । सहमति सँगै नविलले नेपाल बंगलादेशको शेयर ४२ रुपैयाँमै सकार्नेसम्मको सहमति भइसकेको छ । तर दुई व्यवसायिक घरानाको विवादको चपेटामा आई.एफ.आई.सी परेको छ ।

प्रारम्भमा दुगड सहितको समुहले शेयर खरिद गर्ने विषयलाई नेपाल राष्ट्र बैंकले असहमति जाहेर गरे पछि आई.एफ.आई.सीले नविल बैंकका समुहसँग हात अगाडी बढाएको थियो । तर यो विषय अदालतमै पुगेको हुँदा अव अदालतको अन्तिम फैसला नै मर्जरको अन्तिम निर्णय हुने देखिन्छ ।

यदि अदालतले चौधरी समुहसँगको सहमतिलाई बदर गरेर दुगड समुहसँगको सहमतिलाई मान्यता दियो भने आई.एफ.आई.सीले सनराइज बैंकका शेयरधनीहरुको समुहलाई बिक्री गर्नु पर्नेछ । यस्तो अवस्थामा दुई कमजोर कमजोर बैंकको मिलन हुनेछ ।

यस्तो छ दुई बैंकको वित्तीय अवस्था

बोनश शेयर वितरण पछि सन राइज बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै नेपाल बंगलादेश बैंकको पनि चुक्ता पूँजी १० अर्ब ८ करोड रुपैयाँ पुग्नेछ । यदि दुई बैंक बराबरी हैसियतम मर्जर भएमा चुक्ता पूँजी २० अर्ब रुपैयाँ नाघ्ने छ । जगेडा कोष हेर्ने हो भने लाभांश वितरण पछि नेपाल बंगलादेशको कम देखिनेछ । वित्तीय अवस्था हेर्दा दुई बैंक बराबरी हैसियतमा मर्जरमा जाने देखिदैन । यसको टुङ्गो भोलिका दिनमा हुने डिडिए पछि नै होला ।

कर्जा लगानी तर्फ हेर्ने हो भने नेपाल बंगलादेश भन्दा सन राइज नै अगाडी छ । सन राइजको कर्जा लगानी एक खर्ब १७ अर्ब रुपैयाँ हुँदा बंगलादेशको ७४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । मर्जर पछि कर्जा लगानी एक खर्ब ९२ अर्ब रुपैयाँ नाघ्नेछ । अर्को तर्फ निक्षेप संकलनमा पनि सन राइज धेरै अगाडी छ । सन राइजको निक्षेप संकलन एक खर्ब २८ अर्ब रुपैयाँ रहेको छ भने बंगलादेशको ७७ अर्ब ८८ करोड रुपैयाँ छ । दुईवटालाई जोड्दा २ खर्ब ६ अर्ब रुपैयाँ नाघ्नेछ । सञ्चालनमा रहेका बाणिज्य बैंकहरु मध्ये कर्जा लगानी तथा निक्षेपका हिसावले दुबै बैंकको स्थान सबैभन्दा तल्लो तहमा छ । यसले गर्दा त्यति धेरै सिनर्जी दिन सक्ने देखिदैन ।

प्रतिशेयर आम्दानीलाई हेर्ने हो भने सन राइजको १८ रुपैयाँ छ भने बंगलादेशको १६ रुपैयाँ छ । तर यस पटक बंगलादेशले दिएको बोनश शेयर पछिको प्रतिशेयर आम्दानी घट्नेछ । त्यसमा पनि यस पटक बंगलादेश बैंकले बैंकिङ कारोबार गरेर भन्दा पनि शेयर बिक्री गरेर प्रतिशेयर आम्दानी बढाएको थियो । जसले गर्दा दोस्रो त्रैमाशिक अवधिमा बंगलादेशको प्रतिशेयर आम्दानी १६ रुपैयाँबाट झन् तल झर्ने देखिन्छ ।

शाखा सञ्जाल हेर्ने हो भने हाल बंगलादेशको १३३ वटा रहेको छ भने सनराइजको १३९ वटा छ । कतिपय स्थानमा एकै ठाउँमा पनि शाखा रहेको हुँदा स्थानान्तरण गर्नु पर्ने हुन्छ । यस भन्दा अगाडी ग्लोबल र जनता बैंक मर्जरमा जादा शाखा कार्यालय र कर्मचारी संख्यामा धेरै ठुलो समस्या देखिएन । उल्टै मर्जर पछि बैंकले नयाँ कर्मचारी नियुक्ति गरेको थियो भने शाखा कार्यालयहरु पनि थपिरहेको छ ।

एक वर्षको अवधिमा दोस्रो बजारमा दुई बैंकको शेयर कारोबार हेर्ने हो भने नविल सँगको मर्जरको हल्लाले नेपाल बंगलादेशको शेयर मूल्य अधिकतम ४५६ रुपैयाँसम्म पुगेको छ । जवकी एक वर्षको अवधिमा सबैभन्दा कम २४६ रुपैयाँमा पनि कारोबार भएको देखिन्छ ।

अर्को तर्फ सन राइजको शेयर मूल्य पनि सर्वाधिक धेरै हुँदा ३९१ रुपैयाँ पुगेको थियो । यदि यि दुई बैंकको मर्जरको कुरा निष्कर्षमा पुग्न खोज्यो भने सन राइजको शेयर मूल्यमा सुधार हुनेछ भने नेपाल बंगलादेश बैंकका शेयरधनीहरुले धैरै नै गुमाउनु पर्नेछ ।

मर्जर पछि सन राइजका हालका संस्थापक थप बलियो हुनेछन् । दुगड समुहले नेपाल बंगलादेश बैंकको नेटवर्कलाई केहि क्यास गर्नेछन् । तर नेपाल बंगलादेश बैंकको ४० प्रतिशत हिस्सा रहेको आईसिएफसी बाहिदा जति जनता र ग्लोबलको मर्जरमा सिनर्जी आएको थियो त्यति आउने देखिदैन । यहि कारणले गर्दा पनि नेपाल राष्ट्र बैंकले कमजोर कमजोरलाई रोक्न खोजेको हुन सक्छ । मर्जर पछि बंगलादेशको प्रमुख शेयरधनी बाहिरिने हुँदा सिनर्जी थपिने भन्दा पनि घट्ने छ । यस समुहले आफ्नो पूँजी सँगै आफ्नो व्यवस्थापन पनि लैजानेछ ।

निक्षेप र कर्जा प्रवाहमा खासै प्रभाव नपरे पनि एउटै समुहले दुई बैंकलाई एक बनाउदा नेटवर्क थपिदैन । सनराइज र बंगलादेश मर्ज हुँदा एउटै समुहको हुने हुँदा यसले खासै सिनर्जी दिन सक्दैन । यदि दुई ठुला व्यवसायिक समुहका फरक फरक जोडिने हो भने त्यसले सिनर्जी दिन्छ । अर्को तर्फ दुई बैंकको उच्च तहमा रहेका जनशक्तिको उचित सदुपयोग गर्ने हो भने कम्पनीले राम्रो सिनर्जी पाउन सक्छ । शेयरधनीकै हिसावले हेर्ने हो भने सन राइज र नेपाल बंगलादेश बैंकको मर्जरले खासै ठुलो प्रभाव पार्ने देखिदैन । दुई बैंक मिल्दा सूचकहरु तल्लो तहमै रहेको हुँदा उत्साहित मर्जरको अपेक्षा गर्न सकिदैन ।

यदि दुई बैंकको मर्जरमा सञ्चालकका लागि र नाममा लागि धेरै ठुलो विवाद रहदैन । ढाकाको आइसिएफसी बाहिरिने वित्तीकै सन राइज समुहकै अतिपत्य हुन्छ । यसले गर्दा नाम र सञ्चालकका लागि ठुलो विवाद हुँदैन र मर्जर प्रकृयाँमा खासै ठुलो समस्या नभइ टुङ्गिन्छ । यस हिसावले नेपाल राष्ट्र बैंकको संख्या घटाउने योजना सफल हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS