IME Life New

कहिलेसम्म कायम शेयरधनीले पाउँछन् सेञ्चुरी कमर्सियलको लाभांश, एजिएम भोलि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले भोलि पुस ३० गते शुक्रबार साधारणसभा आह्वान गरेको छ। बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा गर्ने जनाएको छ ।

बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ दशमलव ७५ प्रतिशत बोनश शेयर र ० दशमलव ३० प्रतिशत नगद गरि कुल ६ दशमलव ०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नु हुने वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७र०७८ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/०७८ को नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले यस बैंकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने तथा उक्त संशोधनमा नेपाल राष्ट्र बैंक वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्नेछ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्नरगाभिन ९मर्जर० वा प्राप्ति एक्विजिसन गर्न हुन वा स्वदेशीरविदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायतका कामहरू गर्न गराउन सक्ने सञ्चालक समितिलाई प्राप्त अख्तियारीलाई निरन्तरता दिने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS