IME Life New

तीन वाणिज्य बैंकको साधारण सभा आज, लाभांश पारित सहित यस्ता छन् अन्य प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज तीन वाणिज्य बैंकको साधारण सभा हुँदैछ । आज एनसीसी बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको साधारण सभा हुँदैछ । नेपाल क्रेडिट एण्ड कमर्श बैंकले सभा भर्चुअल माध्यमबाट सभा गर्न लागेको जनाएको छ ।

बैंकले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना शेयरधनिहरुलाई ८ दशमलव ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ४२ प्रतिशत नगद लाभांश रहेको छ। बैकले हाल कायम चुक्तापूँजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँको ८ प्रतिशतले हुन आउने ८२ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस शेयर दिने प्रस्ताव गरेको हो। सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा सामाप्त आर्थिक वर्ष ०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित हुनेछ ।

त्यस्तै, सभाले कम्पनीको प्रबन्धकपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप समशोधनाको लागि नियामक निकायबाट निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् । त्यस्तै मर्जर, प्राप्ति, तथा विदेशी साझेदारीमा जाने निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गरेको छ । त्यसकारण पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

त्यस्तै, राष्ट्रिय बाणिज्य बैंकले आफ्नै केन्द्रिय कार्यालयमा गर्ने जनाएको छ । बैंकको पुस ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरि कुल ३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वित्तीय स्थितिको विवरण र मिति २०७७/०४/०१ देखि २०७८/०३/३१ सम्मको नाफा नोक्सान हिसाब विवरण तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, सभाले बैंकको पुँजी वृद्धि गर्ने, नेपाल सरकारबाट यस बैंकको शेयर पुँजीमा लगानी बापत प्राप्त रकम नेपाल सरकार, अर्थ मन्त्रालयको नापपा शेयर कायम गर्ने, सञ्चालक समितिको पत्ता एवं सुविधा वृद्धि गर्ने र विशेष प्रस्ताव नं १, २,३ र ४ बमोजिमका निर्णयहरू कार्यान्वयन गर्न बैंकको प्रबन्धपत्र र नियपावलीपा आवश्यक संशोधन गर्ने तथा सो सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायबाट कुनै संशोधन, परिमार्जन तथा निर्देशन भएमा सो बमोजिम परिमार्जन गर्न सक्ने अख्तियारी बैंकको सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, कृषि विकास बैंकले पनि आफ्नै केन्द्रिय तालिम प्रतिष्ठान बोर्डबाट साधारणसभा गर्ने भएको छ । कोभिड १९ को जोखिमका कारण भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई समेट्ने भएको छ ।

सभाले २० प्रतिशत बोनश शेयर र १.०५२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि ६ प्रतिशत नगद लाभांश दिने भएको छ । प्रस्तावित लाभांश पुस १५ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । साधारणसभाको प्रयोजनका लागि पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

सभाले गत सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन, वित्तीय विवरण, लेखापरिक्षण प्रतिवेदन लागयतका विवरणहरु पारित गर्ने प्रस्ताव रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS