IME Life New

बम्पर लाभांश अनुमोदनको लागि एशियन लाईफले बोलायो साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  १३ औं साधारण सभा माघ २१ गते शुक्रबार आह्वान गरेको छ। साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको वीरगंज महानगरको होटल‌ लर्ड्स प्लाजामा संचालन हुनेछ ।

संचालक समितिबाट प्रस्तावित र बीमा समितिबाट स्वीकृत २७ प्रतिशत लाभांश यस पटकको साधारण सभामा शेयरधनीको लागि मुख्य आकर्षण हुने भएको छ। साधारण सभामा लाभांश वितरण, २०७६/७७ को वासताल, नाफा नोक्सान हिसाब लगायत वित्तीय विवरणमा छलफल र पारित गर्ने कार्यक्रम रहेको छ।

Esewa
Crest

साधारण सभामा हाल कायम रहेको २ अर्ब १ करोड चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुने ५० करोड  २६ लाख ९०‌ हजार रुपैयाँको बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गरिंदैछ। त्यसै गरी बोनश शेयरको लागि शेयरधनीले भुक्तानी गर्नुपर्ने लाभकरवापतको रकम भुक्तानी गर्नको लागि २ प्रतिशत नगद लाभांश वापत ४ करोड २ लाख १५ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव पनि पेश गरिने बिहीबार प्रकाशित सूचनामा उल्लेख छ।

साथै बाह्य लेखापरिक्षक आर ए एस एशोसिएसट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन, एशियन क्यापिटलमार्फत् सामूहिक लगानी कोष संचालन गर्न नियामक निकायबाट स्वीकृत लिने , प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभामा पेश गरिंदैछ।

त्यसैगरी सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहायता प्रदान गर्दा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पेश गर्नेछ । साधारण सभामा शेयरधनीहरु भौतिक वा अभौतिक कुनै पनि माध्यमबाट सहभागिता जनाउन सक्ने एशियन लाईफ इन्स्योरेन्सले प्रकाशन गरेको सूचनामा उल्लेख छ। शेयरधनीले एनआइबीएल एस क्यापिटलबाट जुम मिटिङको लागि आइडी र पासकोड प्राप्त गर्न सक्नेछन्।

साधारण सभा प्रयोजनको लागि बुक क्लोज माघ १२ गते एक दिनको लागि  हुनेछ। अर्थात् माघ ११ गतेसम्म शेयर खरिद गर्ने शेयरधनीले २७ प्रतिशत लाभांश  प्राप्त गर्नेछन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS