काठमाडौं । नेप्सेमा नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनका लागि आज माघ २७ गते बुक क्लोज गर्ने निर्णय भएसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।
कम्पनीको ४० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २६१४ रुपैयाँ २९ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६६० रुपैयाँ थियो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले माघ ६ गते धादिङको क्रिक रिसोर्टमा सभा आह्वान गरेको छ ।