IME Life New

इन्फिनिटी लघुवित्तले २९.१६% लाभांश वितरण गर्ने प्रस्ताव भोलि पारित गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फिनिटी लघुवित्तले भोलि पुस २७ गते मंगलबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले उक्त सभा गैडाकोटको होटेल द नारायणीमा गर्ने जनाएको छ ।

कम्पनीले नेपाल एग्रो लघुवित्तलाई गाभेपछि कायम हुने चुक्ता पूँजीको २७ दशमलव ७० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ४६ प्रतिशत नगद लाभांश गरि कुल २९ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात,आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू (अनुसुचिहरू समेत) छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । (वर्तमान लेखा परीक्षक श्री डि. कमार एण्ड एशोसियट्स चाटर्ड एकाउन्टेन्ट्स पुनः नियक्तको लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले यस वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक समहबाट प्रतिनिधित्व गर्न ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने, संस्थाको प्रबन्धपत्रको दफा २ (१), दफा ५ (त)(थ), दफा ६ (क), (ख), (ग) नियमावलीको नियम २ (१) मा संशोधन तथा थप गरी अद्यावधिक गर्ने गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले संस्थाले एक वा एकभन्दा वढी उपयुक्त लघवित्त संस्थाहरु गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने । प्रस्तावित संशोधनहरूमा नियमनकारी निकायहरूले संशोधन थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS