IME Life New

अनुमति नलिई अनलाईन बीमा गर्नेलाई कारबाही हुने, इजाजत बिना विद्युतिय कारोबार गर्ने माथि गृहको निगरानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गृह मन्त्रालयले इजाजत नलिई अनलाइन वा विद्युतिय कारोबारका नाममा अनलाईन बीमा गर्नेलाई प्रचलित कानून बमोजिम कारबाही गर्ने भएको छ । सूचना प्रविधिको विकास सँगै पछिल्लो समयमा इजाजत नलिई अनलाईन वा विद्युतीय कारोबारका नाममा गाउँ, टोल, समाजमा नेटवर्किङ व्यवसाय, अनलाईन व्यवसाय, अनलाईन बैंकिङ, अनलाईन सहकारी, अनलाईन बीमा, अनलाईन गेमिङ, घुम्ती बैंकिङ वा यस्तै प्रकृतिका अन्य नाममा व्यवसायिक क्रियाकलाप गैर कानुनी रुपमा फस्टाउदै गएको गृह मन्त्रालयले जनाएको छ ।

यस किसिमका अनलाईन वा नेटवकर्किङ व्यवसायका नाममा हुने इजाजत प्राप्त बाहेकका जुनजुकै गतिविधिहरुलाई गृह मन्त्रालयले निगरानी गर्ने, नियन्त्रण गर्ने र त्यस्ता गैरकानुनी कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही ग गर्ने भएको हो ।

Crest

जुन सुकै व्यापार व्यवसाय वा आर्थिक गतिविधि सञ्चालन गर्न प्रचलित कानुन बमोजिम इजाजत लिएको हुनुपर्दछ । जनतालाई आर्थिक लाभ पुर्याउने प्रलोभनमा पछिल्लो समय विभिन्न स्वरुपका गैरकानुनी आर्थिक क्रियाकलाप सञ्चालनबाट आम जनसमुदायमा ठगी र असुरक्षाको वातावरण सृजना भएको गुनासाहरु प्राप्त हुने गरेको गृह मन्त्रालयले उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय कारोबारका लागि नेपाल राष्ट्र बैंकले जारी गरेका प्रचलित कानुनहरु आकर्षित हुन्छन् । त्यस्तै बीमा सम्बन्धी आर्थिक क्रियाकलापहरु बीमा समितिले जारी गरेका प्रचलित व्यवस्थाहरु आकर्षित हुने भएकाले प्रचलित व्यवस्था अनुसार इजाजतपत्र लिएर मात्रै यस्ता कार्यहरु गर्नु पर्ने हुन्छ । तर सूचना प्रविधिको दुरुपयोग गर्दै विभिन्न व्यक्ति तथा संस्थाहरुले बीमितहरुलाई झुक्याउने गरेको पाइएको गृह मन्त्रालयले जनाएको छ । यस्ता कार्यहरुको निगरानी गृह मन्त्रालय अन्तर्गतका निकायहरु, नेपाल प्रहरी, अनुसन्धान विभाग तथा स्थानीय प्रशासनले गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS