काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि पुस २१ गते बोर्डमा निवेदन दिएको हो ।
बैंकले निष्काशन गर्ने कुल २५ लाख कित्तामध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने १५ लाख कित्ता ब्याक्तिगत तवरबाट विक्री गर्ने जनाएको छ । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।