Connect IPS
IME Life

६ जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, कुन-कुनको भयो बुक क्लोज र एजिएम ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हालसम्म ६ वटा जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । १९ जीवन बीमा कम्पनीमध्ये ६ वटा कम्पनीहरुले मात्रै अघिल्लो आर्थिक वर्षको नाफाबाट आफ शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका हुन्  आर्थिक वर्ष २०७६/७७ को नाफबाट लाभांश घोषणा गर्नेमा एलआइसी नेपाल, एशियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ र सूर्या लाइफ इन्स्योरेन्स, रहेका छन् ।

लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीहरुमध्ये प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो मंसिर १९ गते १४औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । प्राइम लाइफको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ० दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Prabhu
Crest

त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चुक्ता पुँजीको १२ दशमलव ७ प्रतिशत बोनश र ० दशमलव६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले पनि उक्त प्रस्तावित लाभांश आफ्नो १३औं वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।

त्यसैगरी रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीको पुस ११ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

लाभांश घोषणा गरेकामध्य एलआइसी नेपाल,एशियन लाइफ र ज्योति लाइफले भने साधारण सभा तथा बुक क्लोजको मिति तय गरेका छैनन् । एशियन लाइफ इन्स्योरेन्सले शेयररधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनश र २ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्सले कम्पनीले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनश र ५ दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

एलआइसी नेपालले गत आथिृक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत गरी सम्बन्धित कम्पनीको साधारणसभाले पारित गरेपछि शेयरधनीले लाभांश पाउनेछन् ।

यता निर्जीवन बीमा कम्पनीमध्ये १३ वटा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लाभांश पारित पनि गरिसकेका छन् । तर हालसम्म आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गर्नेमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स मात्रै रहेको छ भने बाँकी कम्पनीले हालसम्म यस वर्षको लाभांश घोषणा गरेका छैनन् ।

प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ७ दशमलव ५ प्रतिशत बोनश शेयर र ७ दशमलव ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई ६ दशमलव ६५ प्रतिशत बोनश शेयर र ० दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS