IME Life New

दुई कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जी नेपालले आज साधारण सभा गर्दैछन् । निर्धन उत्थान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २५ गते २३औं साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय, कार्यालय, नक्साल, काठमाडौंमा हुने कम्पनीले जनाएको छ ।

सभाले हाल कायम चुक्तापूँजीको २९ दशमलव ५ प्रतिशतका दरले बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण, हिसाव, नगद प्रवाह, वासलात, नाफा नोक्सान लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका सदस्यको मनोनयन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्मका कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, माउन्टेन इनर्जी नेपालले कम्पनीले सभा बिहान १० बजे अम्रपाली ब्याक्वेंट काठमाडौंमा हुने जनाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीले सभामा आठौ वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , लेखा परिक्षकको प्रतिवेदन, सहित २०७८ आषाढ मसान्त सम्मको वासलात, आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्वद्ध अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने जनाएको छ ।

त्यसैगरी सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको आ।व। २०७८/०७९ को लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS