Connect IPS
IME Life

तीन लघुवित्तको साधारण सभा आज हुँदै, लाभांश पारित सहित यस्ता छन् अन्य एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज महुली लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्दैछन् । महुली लघुवित्त वित्तीय संस्थाले कम्पनीको केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजे शुरु गर्नेछ । सभाले २६ प्रतिशत बोनश शेयर वितरण गर्ने र प्रिमियममा एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गरेको छ । यस आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

Prabhu
Crest

त्यसैगरी, विजय लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा गैडाकोट रिसोर्ट, गैडाकोट ५ नवलपारासी मा बिहान ११ः३० बजे शुरु गर्ने जनाएको छ । कम्पनीले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २० दशमलव ०३१ प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित १ दशमलव ०५४ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव ०८५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यसैगरी, समीट लघुवित्त वित्तीय संस्थाले १३औं वार्षिक साधारण सभा आँवुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी ब्यालेस आँबुखैरेनी ३ तनहुँमा बिहान १० बजे शुरु गर्ने जनाएको छ । सभाले २५ दशलमव २८५३१६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि संस्थापक र सर्वसाधारण शेयर पूँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणको तर्फबाट ७ लाख ५१ हजार ७१२ कित्ता एफपिओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्नेछ । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS