काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि पुस ११ गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट आईपीओ निष्काशन गर्न स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दालाई निष्काशन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।