IME Life New

भारतमा अति महत्वपूर्ण बीमकलाई झनै कडा नियमन, बीमा समितिले नेपाल लाईफलाई पनि कडा निगरानी गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । भारतीय बीमा विकास तथा नियमन प्राधिकरण (आइआरडिएआइ)ले राष्ट्रिय अर्थतन्त्रको लागी एलआइसी, जनरल इन्स्योरेन्स कर्पोरेशन (जिआइसी) र अल इण्डिया एस्योरेन्स(एआइए)लाई प्रणालीगतरुपमा महत्वपूर्ण बीमकको रुपमा घोषणा गरेको छ ।

यी तीन वटा बीमा कम्पनीहरुको कारोबारको आकार, बजार हिस्सा, आन्तरिक र बाह्य बजारमा पहुँचको आधारमा आइआरडिएआइले यस्तो निष्कर्ष निकालेको हो । यी कम्पनीहरु वित्तीय संकटमा परेको अवस्थामा देशको सम्पूर्ण वित्तीय प्रणालीमै नकारात्मक असर पार्ने बीमा नियामकको ठम्याई छ ।

Esewa
Crest

एलआइसी भारतको जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो खेलाडी हो । त्यस्तै जिआइसी र एआइए निर्जीवन बीमा क्षेत्रको दुई ठूला खेलाडी हुन् । यी तीनवटै बीमा कम्पनीमा सरकारी स्वामित्व रहेको छ ।

प्रणालीगतरुपमा महत्वपूर्ण बीमकको रुपमा छनौट गरिएका कम्पनीमा थोरै पनि गडबडी हुँदा ठूलो प्रभाव पार्न सक्ने भएकाले नियामक निकायले प्रणालीगत जोखिम र वित्तीय सुशासन सुनिश्चित गर्न अझै कडाईका साथ नियमन गर्नेछ ।

आइआरडिएआईले बैंक तथा वित्तीय संस्थाहरुमा ठूलो वित्तीय संकट देखा परेसँगै अर्थतन्त्रमै असर पर्ने दुर्घटना हुन थालेपछि बीमा क्षेत्रमा यस्तो नदोहोरिन दिनको लागी प्रत्येक वर्ष सूची सार्वजनिक गर्दै आएको छ ।

नेपाल लाईफमा पनि कडाईका साथ नियमनको आवश्यक्ताः
नेपालमा पनि ठूलो बजार हिस्सा ओगटेका जीवन बीमक नेपाल लाईफ इस्न्योरेन्सलाई बीमा समितिले अझ कडाईका साथ नियमन गर्नुपर्ने आवाज उठ्न थालेको छ । पूँजी, लगानी, जीवन बीमा कोष, व्यवसायको आकारलगायतको कारणले नेपाल लाईफ उच्च संवेदनशील छ । उच्च संवेदनशील मानिएको कम्पनीमा उच्च जोखिम रहन्छ ।

संवेदनशील कम्पनीमा कुनै पनि समस्या लामो समयसम्म यथावत रहेको अवस्थामा यसले कुनै बिन्दूमा पुगेर ठूलो वित्तीय संकट निम्त्याउन सक्छ । तसर्थ बीमा समितिले कूल बजार हिस्साको २५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको र  सवा खर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष रहेको नेपाल लाईफ इन्स्योरेन्सकोे संचालक समिति वा व्यवस्थापनको मात्र भर पर्नु जोखिमपूर्ण छ ।

संचालक समिति र व्यवस्थापनबीचको चरम धुर्बिकरणको कारणले  पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले छोटो समयमै पदबाट राजीनामा दिनुपरेको थियो । जबकी चार्टर्ड अकाउण्टेन्ट प्रसाईं नियामक निकाय बीमा समितिबाट राजीनामा दिएर नेपाल लाईफमा जागिरे भएका थिए । आफ्नै कार्यालयको उच्च पदस्थ अधिकारी रहेका प्रसाईंको बहिर्गमनलाई बीमा समितिले प्रतिष्ठाको विषय बनाउन आवश्यक ठानेन । नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका पूर्व अधिकारीहरुलाई कुनै पनि बैंकको संचालक समितिले राजीनामा गर्न बाध्य बनाउन सकेको उदाहरण छैन ।

नेपाल लाईफ इन्स्योरेन्समा आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको विषयमा इन्स्योरेन्स खबरले निरन्तर खबरदारी गरिरहेको छ । सबै तहका कर्मचारी नियुक्ति र पद्दोन्नतीमा संचालक समितिको अनावश्यक चासो समस्याको रुपमा देखिएको छ । त्यसैगरी संस्थागत सुशासनको चरम उलंघन गर्दै संचालक समितिका अध्यक्ष निकटको कर्मचारीलाई  गैरकानुनी  नियुक्ति  त्यसका साथै एकै वर्षमा  दुई तहसम्म बढुवा, एकैजना संचालक समिति सदस्यले २८  लाख रुपैयाँ भन्दा बढी बैठक भत्ता लिएर चरम वित्तीय दुरुपयोग गरेको विषयमा बीमा समितिले नेपाल लाईफलाई कारवाही गर्ने निर्णय गरिसकेको छ  ।

नेपालकै नम्बर १ बीमकको रुपमा प्रचार अभियान संचालन गर्दा करोडौं  रुपैयाँ खर्चिदैं गरेको नेपाल लाईफलाई बीमा समितिले थुप्रै विषयमा कारवाही गर्नुपर्ने अवस्था  रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS