IME Life
GBIME

नेप्से ३० अंकले घट्दा दुई उपसूचक बाहेक सबै रात्ताम्मे

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ७५ अंकले घटेर २,६४९ दशमलव २० को विन्दुमा कायम भएको छ । आज हाइड्रोपावर र फाइनान्स बाहेक सबै उपसूचक घटेका छन् । आज ५२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३४ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३६ वटा कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिव्म सिमेन्टको कारोबार भएको छ । कम्पनीको १८ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, अपर तामाकोशीको १४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर११ करोड ७ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १० करोडमाथि शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै मध्य भोटेकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोपावर कम्पनी र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विजय लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS