काठमाडौं । छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र यस हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले १० बराबर ३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।