काठमाडौं । सूर्या लाइफका वरिष्ठ एजेन्सी म्यानेजर कमल घिमिरे सन् २०२३ को लागि पहिलो कारोबार दिनको पहिलो एक घण्टामै एमडिआरटी बन्न सफल भएका छन् । सन् २०२३ को एमडिआरटीका लागि सन् २०२२ भित्रमा टार्गेट पुरा गरिसक्नु पर्छ । सोहि अनुसार उनले सन् २०२२ मा कम्पनीको कार्यालय खुलेको पहिलो दिनको पहिलो घण्टामै प्रथम बीमा शुल्क आर्जन गरी एमडिआरटी बन्न योग्य भएका हुन् ।
उनले पहिलो दिनमै ३८ लाख भन्दा बढीको व्यवसाय सहित सन् २०२३ को लागि एमडिआरटी को छनौटमा पर्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सम्भवतः नेपालको बीमा क्षेत्रमा यो पहिलो रेकर्ड कायम भएको हुन सक्नेछ । पहिलो घण्टामै एमडिआरटीको लागि योग्य भएको भन्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले विशेष धन्यावद दिएका छन् । यस सँगै उनले घिमिरेलाई टिओटी मा सफल मनोनयनको लागि शुभकामना व्यक्त गरेका छन् ।
नेपालमा २०७६ सालदेखि एमडिआरटीका लागि अभिकर्ताहरुले प्रयास गरिरहेका छन् । टार्गेट पुरा गरेर यसको सम्मेलनमा जानका लागि उनिहरुको आकर्षण देखिएको हो । सम्मेलनमै सहभागी हुन नपाए पनि अभिकर्ताहरु विचमा यसको टार्गेट पुरा गर्ने प्रतिस्पर्धा चल्दै आइरहेको छ ।