IME Life
GBIME

रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल, बीमा समितिबाट अनुमति लिन बाँकी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले राकेश पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने भएको छ । स्रोतका अनुसार कम्पनीको सञ्चालक समितिले पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरिसकेको छ । कम्पनीले आइतबार नियामकिय स्वीकृतिका लागि बीमा समितिमा पेश गर्दैछ ।

पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यस्तै सन् २००९ मा भारतीय बोर्ड (ICAI)बाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेका पोखरेलले तीन वटा जीवन बीमा कम्पनीमा काम गरिसकेका छन् ।

Crest

प्राइम लाइफमा इन्टर्नल अडिटरको रुपमा प्रवेश गरेका पोखरेलले साढे चार वर्ष काम गरेका थिए । प्राइम लाइफ छाडेर उनले सूर्या लाइफमा सहायक महाप्रवन्धक ‘एजिएम’ पदमा काम सुरु गरे । पछि बढुवा भएर उपमहाप्रवन्धक भए । लगभग पौने तीन वर्ष काम गरेर सूर्या लाइफ छाडेका थिए । सूर्या लाइफ पछि उनले आइएमई लाइफको सुरुवाती ६ महिनामा प्रमुखको भुमिकामा महाप्रवन्धक पदमा काम गरेका थिए । उनि विगत तीन/चार वर्षदेखि बीमा क्षेत्र भन्दा बाहिर थिए ।

यहि पुस १२ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद खालि छ । निवर्तमान प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली पहिलो कार्यकाल सकाएर बाहिरिएका थिए । उनि नेपाल लाइफमा सहायक प्रमुख कार्यकारी अधिकृत पदमा जादै छन् ।

हाल रिलायन्स लाइफले अर्को व्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । कम्पनीको सञ्चालक समितिले पोखरेललाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरे पनि नियामक निकाय बीमा समितिबाट स्वीकृति लिनु पर्छ । बीमा समितिले आवश्यक कागजपत्र, व्यवसायिक योजना हेरेर अन्तिम स्वीकृति प्रदान गर्छ । समितिले स्वीकृति प्रदान गरेपछि मात्रै कम्पनीको सञ्चालक समितिले अन्तिम निर्णय गर्नु पर्छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS