Connect IPS
IME Life

नेप्सेमा पाँच कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले बिहीवार चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, इन्फिनिटी वित्तीय संस्था, मन्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट र समिट लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको भएको छ । यी कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले चिलिमे हाइड्रोपावरको ७ दशमलव ५० प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य ४६७ रुपैयाँ ८१ पैसा तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयर मूल्य ५०२ रुपैयाँ ९० पैसाको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

Prabhu
Crest

त्यस्तै, नेप्सेले इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २७ दशमलव ७० प्रतिशत बोनश शेयरको समायोजन पश्चात मूल्य १ हजार ३०७ रुपैयाँ ७५ पैसा तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बुधवार कम्पनीको शेयर प्रतिकित्ता १ हजार ६७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

त्यसैगरी, नेप्सेले मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य ६७० रुपैयाँ ७१ पैसा तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य ९३९ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

नेप्सेले एनआरएन इन्फ्रास्टक्चरको ५ प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य ५११ रुपैयाँ ४३ पैसा तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य ५३७ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

त्यस्तै, नेप्सेले समीट लघुवित्त वित्तीय संस्थाको २५ दशमलव २८ प्रतिशत बोनश शेयरको समायोजन पश्चात मूल्य १ हजार १६५ रुपैयाँ ३४ पैसा तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बुधवार कम्पनीको शेयर प्रतिकित्ता १ हजार ४६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS