IME Life New

दुई कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंक र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज हुँदैछ । सनराइज बैंकले सभा अम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे शुरु गर्ने बैंकले जनाएको छ । बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा भर्चुअल माध्यमबाट सभा गर्न लागिएको जनाएको छ ।

सभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ दशमलव ६५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

साथै, सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गरी प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्तावहरुमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले पुस ४ गते एक दिन बुक क्लोज गरेको छ । त्यसकारण पुस २ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, स्वावलम्बन लघुवित्तले सभा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा बिहान ११ बजेदेखि शुरु गर्ने कम्पनीले जनाएको छ । संस्थाले आर्थिक बर्ष २०७७/०७८ को नाफाबाट आफ्ना शेयरधनिहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशतले हुन आउने ५ करोड ६५ लाख ८० हजार बराबरको नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले उक्त प्रस्ताव समेत पारित गर्नेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आथिृक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले स्वतन्त्र संचालक पदमा संचालक समितिबाट गरिएको नियुक्तिको जानकारी गर्ने, अधिकृत पूँजी बृद्धि गर्ने, प्रबन्धपत्रको दफा ४(द)०, ५(क) ५(ख), ५(ग) संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस ६ गतेदेखि सभाको मितिसम्म बुक क्लोज गरेको छ । त्यसकारण पुस ५ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS