IME Life New

पुस १७ गतेदेखि कुनै पनि पोलिसी बिक्री नगराउन अभिकर्ता केन्द्रिय संघर्ष समिति नेपाल लाइफको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ अभिकर्ता केन्द्रिय संघर्ष समितिले पुस १७ गतेदेखि कुनै पनि पोलिसी बिक्रि नगराउन आह्वान गरेको छ । नेपाल लाइफको उच्च व्यवस्थापन तथा सञ्चालकहरुले संघर्ष समितिको माग संवोधन नगरी पेलेर जान खोजेकोले पुस १७ गतेदेखि एउटा पनि पोलिसी बिक्री नगर्ने घोषणा गरेको संघर्ष समितका सयोजक गणेश अधिकारीले जानकारी दिए ।

कम्पनीले बीमित र अभिकर्ता माथि पटक पटक गरेको ज्यादती र कम्पनीको मेरुदण्ड मानिएका अभिकर्ताले पाउदै आएको सेवा सुविधालाई एकलौटी ढंगबाट भंग गरी मनोमानी तरिकाले आफु खुशी लादिएको भन्दै उनिहरुले यस्तो आह्वान गरेका हुन् । समितिले प्रस्तुत गरेका माग उपर छलफल तथा वार्ता गराउछु र समस्या समाधान गराउछु भन्दै कार्यबहाक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले दिएको प्रतिवद्धता समेत लागु नभएको अधिकारीको धारणा छ । कम्पनीको उच्च व्यवस्थापन तथा सञ्चालकहरुले पुस १० गते झापको धुलाबारीमा रहेको होटल मेची क्राउनमा बोलाएर नआई संघर्ष समितिलाई नै उपहास गरेको भन्दै यस समितिले पुस १७ गतेदेखि नयाँ बीमालेख बिक्री नगर्ने तथा कम्पनीले आयोजना गर्ने सम्पुर्ण कार्यक्रमको बहिष्कार गर्ने निर्णय गरेको हो । यदि कम्पनीले पुस १६ गतेसम्ममा समितिले राखेका मागमा संवोधन गरेमा विरोधका कार्यक्रमहरु फिर्ता लिने अधिकारीले जनाकारी दिए ।

Esewa
Crest

कम्पनी उच्च व्यवस्थापनले संघर्ष समितिका नक्कली पदाधिकारी खडा गरि उनिहरुको नाममा तालिमा सहभागी हुन आह्वान गरिरहेको अधिकारीले जानकारी दिए । कम्पनीका पदाधिकारीहरुले नियोजित रुपमा  संघर्ष समितिको प्रवक्ता तेज प्रसाद तिवारी मै हुँ भन्दै उनको नामबाट कसैले पुस १७  बिश्व प्रशिद्ध प्रशिक्षक हिमान्सुको मोटिभेसन क्लास मा सहभागी हुन आह्वान गरेर आन्दोलन निस्तेज पार्न खोजेको उनले आरोप समेत लगाए ।

यहि समितिले गत पुस ८ गते बिहीबार कम्पनीका कार्यबहाक प्रमुख कार्यकारी अधिकृत चौधरीलाई तीन घण्टा नियन्त्रणमा लिएर छाडिदिएका थिए । चौधरीले अभिकर्ताहरुलाई कम्पनीको सञ्चालकहरु सँग भेटाइदिने प्रतिवद्धता व्यक्त गरेपछि छाडिदिएका थिए । सोहि अनुसार उनिहरुले पुस १० गते छलफल गर्ने योजना बनाएका थिए । तर कम्पनीका अध्यक्ष गोविन्दलाल संघाइ, सञ्चालकहरु कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल सहित उच्च व्यवस्थापन तहका कर्मचारीहरु सुशिल कुमार चौधरी, दिगबिजय सिङ्गल, प्रेम प्रसाद रेग्मी र बन्दना शर्मा शिवाकोटी समितिका पदाधिकारीहरुलाई भेट नै नगरी काठमाडौं आएका थिए । त्यस पछि अभिकर्ताहरु थप आक्रोसित बनेका छन् ।

अभिकर्ताले पुरानो स्ल्याव कायम गर्नु पर्ने, नयाँ महंगा प्रोड्कट बन्द गरेर पुराना प्रोडक्टलाई कायम गर्नु पर्ने, बोनशदर घटाउन नपाइने लगायतका माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS