Connect IPS
IME Life

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछन् बोनश र नगद ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मञ्जुश्री फाइनान्स, चिलिमे जलविद्युत् कम्पनी,समिट लघुवित्त वित्तीय संस्था,इन्फिनीटी लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडकोे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

मञ्जुश्री फाइनान्सले साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने भएकाले पुस १४ गते बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४० प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा कम्पनीको नयाँबानेश्वर भवन काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ ।

त्यसैगरी चिलिमे जलविद्युत् कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २३ गतेसम्म बुक क्लोज गरेकाले बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत बोनश शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग महाराजगञ्ज, काठमाडौंमा बिहान १० बजेदेखि शुरु हुनेछ ।

समीट लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २४ गतेसम्म बुक क्लोज गरेसँगै बुधवार पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५ दशमलव २८५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते आँवुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँवुखैरेनी ३ तनहुँमा बिहान १० बजे गर्ने जानकारी दिएको छ ।

त्यस्तै, इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गरेसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २७ दशमलव ७० प्रतिशत बोनश शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २७ गते होटल द नारायणी, गैंडाकोट, नवलपरासीमा बिहान १० बजे शुरु गर्ने जानकारी गराएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गरेसँगै पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनश शेयर र शून्य दशलमव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते आम्रपाली ब्याक्वेंट थिरबम सदन काठमाडौंमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS