Connect IPS
IME Life

हिमालयन बैंकद्धारा विद्यार्थीलाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकको धरान शाखाले चौबिसे गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेको छ । करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ३ सय थान स्वीटर र टोपी वितरण गरेको बैंक शाखाले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको कार्यक्रममा बैंकका प्रदेश १ प्रमुख अमृत मल्ललगायत अन्य कर्मचारी उपस्थित थिए । त्यसैगरी बैंकले शनिबार भानु मावि, साघुँरीगढी गाउँपालिका धनकुटामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

Prabhu
Crest

कार्यक्रममा पालिकाका १ सयभन्दा बढी स्थानीयको सहभागिता थियो । बैंकको प्रदेश १ प्रमुख मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा पालिका अध्यक्ष कुमारजंग याखा, वडाध्यक्ष पलकबहादुर बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण खजुम, भानु माविका प्रधानाध्यापक यज्ञबहादुर लिम्बूलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि उपस्थित थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS