IME Life New

नक्कली कर्मचारी प्रकरणमा प्राइम लाइफलाई ७ दिन भित्रमा स्पष्टिकरण पेश गर्न बीमा समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई नक्कली कर्मचारी मार्फत तलब भत्ता बुझेको विषयमा ७ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । बीमा समितिको बोर्डले कम्पनीलाई ७ दिन भित्र ‘यस विषयमा किन कारबाही नगर्ने ?’ भन्दै जवाफ सहित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।

प्राइम लाइफले ३३ जना नक्कली कर्मचारी खडा गरी उनिहरुको नाममा ४ करोड ३५ लाख रुपैयाँ भुक्तानी लिएको काजगपत्र सञ्चार माध्यम मार्फत सार्वजनिक भए पछि बीमा समितिले छानविन गरेको थियो । छानविनका क्रममा कम्पनीले उक्त रकम निकासा गरेको पाइएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा उक्त छानविन भएको थियो ।

Esewa
Crest

छानविनका क्रममा कम्पनीले ३३ जना नक्कली कर्मचारी खडा गरी उनिहरुको नाममा उक्त रकम निकासा भएको पाइएको छ । यो रकम वैदेशिक रोजगार बीमालेखको कमिशन दिनका लागि खडा गरिएका कर्मचारी मार्फत निकासा भएको हो ।

बीमा समितिले वैदेशिक रोगजार बीमालेखको कमिशन घटाए पछि खाइपाइआएका अभिकर्तालाई कमिशन दिनका लागि कम्पनीले नक्कली कर्मचारी खडा गरि उक्त रकम निकासा गरेको थियो । यो घटना करिव चार वर्ष अगाडीको हो । अहिले सञ्चार माध्यममा आएको उक्त कागजपत्र प्रतिनिधि मात्रै भएको जानकारहरु बताउछन् । प्राइम लाइफ सहित अन्य कम्पनीहरुले पनि यस्तो अभ्यास गर्ने गरेको पाइन्छ ।

म्यानपावर व्यवसायी तथा अन्य ठुला अभिकर्ता मार्फत ठुलो संख्यामा वैदेशिक रोजगार बीमालेख बिक्री गराउदा ठुलो बीमा शुल्क आउने भएकाले कम्पनीले उक्त व्यवसायकै लागि फर्जी कर्मचारी मार्फत यस्तो कमिशन निकासा गर्ने गरेको पाइन्छ । बीमा क्षेत्रमा यस्तो अभ्यास धेरै पहिलादेखि हुँदै आएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS