Connect IPS
IME Life

वार्षिकोत्सवको अवसरमा सद्धार्थ बैंकको सातै प्रदेशमा सरसफाइ कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सद्धार्थ बैंकले आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणलाई सफा राख्न सातै प्रदेशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । यस सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

वातावरणलाई सफा राखी सुन्दरता कायम गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशका निम्न लिखित २३ स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरिएको होे ।

Prabhu
Crest

बैंकले प्रदेश १ को बनसखन्डी मन्दिर, विराटनगर,श्री कृष्ण प्रणामी मन्दिर, ईटहरी, नमुना मार्ग, दमक, मेन चोक, ईलाम बजार, सुपारी लाइन देखि हनुमान मन्दिर, काकडभिट्टामा सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।

त्यस्तै, प्रदेश २ को शिव मन्दिर, विरगञ्ज चिनी मिल क्षेत्र, राम मन्दिर, जनकपुर र बाग्मती प्रदेशको स्वयम्भूनाथ स्तूप, काठमाडौं, बुढानिलकण्ठ मन्दिर, काठमाडौं, चाबहिल गणेश मन्दिर, काठमाडौं, कमलपोखरी, काठमाडौं, बंगलामुखी मन्दिर, ललितपुर, सुर्यविनायक गणेश मन्दिर, भक्तपुरमा सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।

त्यसैगरी बैंकले गण्डकी प्रदेशको मनकामना मन्दिर, लुम्बिनी प्रदेश, सोमाई माई मन्दिर, भैरहवा, कालिका मन्दिर परिसर, तुल्सीपुर, बागेश्वरी मन्दिर र हडिंया बाबा आश्रम परिसर, नेपालगञ्ज, कर्णाली प्रदेशको बिलासपुर मन्दिर परिसर, दैलेख, कृष्ण मन्दिर र चन्दननाथ मन्दिर परिसर, जुम्ला, कालिका मन्दिर परिसर, मुसिकोटमा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो ।

साथै, बेंकले सुदूरपश्चिम प्रदेशको शिवपुरीधाम, धनगढी, टिकापुर चोक, उग्रतारा मन्दिर, डढेलधुरामा सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वातावरण, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनका लागि योगदान पु¥याउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकले लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS