Connect IPS
IME Life

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स बैंक,महुली लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज आइतवार अन्तिम दिन रहेको छ । एनसीसी बैंकले पुस १२ गते एक दिन बुक क्लोज गरेसँगै आइतवार पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनश शेयर र शून्य दशलमव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा होटल हार्दिक बागबजारमा हुने जानकारी दिएको छ ।

Prabhu
Crest

त्यसैगरी मुहली लघुवित्त वित्तीय संस्थाले पुस १२ गते बुक क्लोज गरेसँगै आइतवार पुस ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते साधारण सभा आयोजना गरेको छ ।

कम्पनीले सभा केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णसवरण ६ मुहली, सप्तरीमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।

त्यस्तै, विजय लघुवित्त वित्तीय संस्थाले पुस १२ गते देखि २४ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ११ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा गैडाकोट रिसोर्ट गैडाकोट९ ५, नवलपरासीमा बिहान ११ः३०बजे शुरु हुने जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS