IME Life New

हुलाक टिकट सम्बन्धी अनिवार्य व्यवस्था हट्यो, डिजिटल बीमालेख जारी गर्ने बाटो खुल्ला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । बीमा समितिले जीवन र निर्जीवन बीमकले अभौतिकरुपमा(डिजिटल)बीमालेख जारी गर्ने बाटो खुल्ला गरिदिएको छ । बीमा समितिले अभौतिकरुपमा जारी गरिने बीमालेख र बीमाशुल्क रसिदको वैधताको लागी अनिवार्यरुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई खारेजी गर्दै बाटो खुला गरिदिएको हो ।

हुलाक टिकट वापतको राजश्व सरकारी राजश्व खातामा जम्मा गरी अभौतिक(डिजिटल) बीमालेख जारी गर्न बीमा समितिले परिपत्र मार्फत् बीमकलाई निर्देशन दिएको छ । पुस ७ गते जारी परिपत्रमा बीमा समितिले परिपत्र नम्बर, चलानी नम्बर भने खुलाएको छैन । बीमा समितिले बीमितकाे गाेप्यता र विधुतीय तथ्यांककाे सुरक्षाकाे सुनिश्चित गर्न समेत बीमकहरूलाइ निर्देशन दिएकाे छ ।

Esewa
Crest

बीमालेखको वैधताको लागी २० रुपैयाँको हुलाक टिकट र प्रथम बीमाशुल्क रसिदमा ५ रुपैयाँको हुलाक टिकट टाँस गर्नुपर्ने प्रावधान रहेको छ । विद्युतीय माध्यमबाट जारी गरिने बीमालेखमा अब यो प्रावधान खारेज गरिएको छ भने भौतिकरुपमा(कागजीरुपमा) बीमालेख जारी गर्ने सम्बन्धमा पुरानै व्यवस्था कायम गरिएको छ, अर्थात् हुलाक टिकट टाँस गर्नु पर्नेछ ।

त्यसैगरी १ लाख रुपैयाँभन्दा बढीको बीमाशुल्क संकलन गर्दा बीमा प्रस्तावक, बीमालेख धारक, वा बीमितको बीमायोग्य हित भएको व्यक्ति वा संस्थाको बैंक खाताबाट बीमकको बैंक खातामा एकाउण्ट पेयी चेक वा विद्युतीय माध्यमबाट मात्र भुक्तानी स्वीकार गर्न निर्देशन दिएको छ । यी बाहेक अन्य कुनै पनि व्यक्ति वा संस्थासँग बीमाशुलक भुक्तानी स्वीकार नगर्न बीमा समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS