IME Life New

मंसिर महिनामा जीवन बीमा कम्पनीहरुले कति भित्राए नयाँ व्यापार? (इन्फोग्राफिक सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंसिर महिनामा मात्र १९ वटा जीवन बीमा कम्पनीहरुले  ३ अर्ब १३ करोड रुपैयाँको नयाँ व्यापार (प्रथम बीमा शुल्क आर्जन) गरेका छन् ।  नयाँ बीमा शुल्क आर्जनलाई जीवन बीमा क्षेत्रमा निकै अर्थपूर्ण रुपमा हेरिन्छ।  प्रथम बीमा शुल्क राम्रो भएमा त्यसबाट आगामी दिनमा पनि निरन्तर बीमा शुल्क प्राप्त गर्न सकिने भएकाले कम्पनीको थप ग्रोथ हुन्छ । अझ नेपाल जस्तो धेरै वटा बीमा कम्पनी भएको ठाउँमा प्रथम बीमा शुल्क आर्जनले नै प्राण भर्ने गरेको छ । नेपालमा अझै पनि ७० प्रतिशत भन्दा धेरै जसंख्यामा बीमको पहुँच पुग्न सकेको छैन । यहि हिसावले ७० प्रतिशत खालि बजारमा कुन कम्पनीले आफ्नो बजार विस्तार गर्न सक्यो भन्ने हेर्नका लागि प्रथम बीमा शुल्क आर्जन सबैभन्दा महत्वपुर्ण सूचक हो ।

बीमा समितिले प्रदान गरेको तथ्याङ्क अनुसार नेपाल लाइफ इन्स्योरेन्सले मंसिर महिनामा सर्वाधिक व्यापार गरेको छ ।  नेपाल लाइफले मंसिर महिनामा मात्र ६८ करोड १९ लाख बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

दोश्रोमा नेशनल लाइफले ३४ करोड ६९ लाख प्रथम बीमा शुल्क आर्जन गर्दा तेश्रोमा नयाँ जीवन बीमा कम्पनी युनियन लाइफले २४ करोड ५७ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

मंसिर महिनामा दुई जीवन बीमा कम्पनीले ५ करोड भन्दा कम  प्रथम बीमा शुल्क आर्जन गरेका छन्। गुराँस लाइफ र राष्ट्रिय बीमा सस्थांनले क्रमश ४ करोड ९९ लाख र ४ करोड ६५ लाख प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS