IME Life New

कामना सेवा विकास बैंकले आयोजना गर्ने फुटसल कपमा २४ टिम सहभागी हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले आयोजना गर्न लागेको पहिलो फुटसल कपमा २४ वटा टिम सहभागी हुने भएका छन् । पौष ९ र १० गते आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी हुने बैंकले जनाएको हो।

बैंकले  पत्रकार सम्मलेन गरेर टिमहरुको घोषणा गर्नुका साथै खेलतालिकाको बारेमा समेत जानकारी दिएको हो । उक्त खेलको लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको छ । कार्यक्रममा एन्फा फुटबल कमिटिले खेलका नियमहरुको बारेमा जानकारी गराएको थियो । उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्नेछ ।

Esewa
Crest

बैंकका अनुसार युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले प्रतियोगिताको उद्घाटन गर्ने छन् भने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले समापन गर्ने छन्। पौष १० गते हुने नकआउट चरणका खेलहरुको खेलपाटी डट कम सहित विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण हुनेछ।

यस प्रतियोगिताले संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरु बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेल मैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS