काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ३७ हजार २५ कित्ता अर्थात ३ करोड ३३ लाख २ हजार पाँच सय बरावर साधारण शेयर निष्काशन गर्नको लागि सनराईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ द्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।