IME Life New

जीवन बीमा कम्पनीले ५ महिनामै आर्जन गरे ५७ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ५७ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै ११ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेका छन् ।

मंसिर महिनामा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँ आर्जन गरेको छ । ५ महिनाकै अवधिमा भने १५ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै मंसिर महिनामा दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । कम्पनीले मंसिर एक महिनामा मात्रै एक अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ भने मंसिर महिनासम्ममा ६ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ ।

Esewa
Crest

तेस्रो स्थानमा रहेको नेशनल लाइफले एक महिनामै एक अर्ब १० करोड आर्जन गरेको छ भने ५ महिनामा ५ अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेको देखिन्छ । चौथो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थाले मंसिर महिनामा मात्रै ८६ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ भने ५ महिनाको अवधिमा ५ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेको छ ।

पाँचौ नम्बरमा रहेको युनियन लाइफले भने ६७ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । ५ महिनाको अवधिलाई हेर्ने हो भने तीन अर्ब २२ करोड रुपैयाँ रहेको छ । त्यस्तो अन्य कम्पनीहरु क्रमश एशियन लाइफले ५३ करोड ४९ लाख, सूर्या लाइफले ४९ करोड १५ लाख, मेट लाइफ ४३ करोड १ लाख, सिटिजन लाइफ ४१ करोड १९ लाख, सन नेपाल लाइफ ३९ करोड ७० लाख, प्राइम लाइफ ३४ करोड ५० लाख, रिलायबल नेपाल ३२ करोड २२ लाख, ज्योति लाइफ ३१ करोड ३२ लाख, आइएमई लाइफ २३ करोड ४४ लाख, गुराँस लाइफ २० करोड २८ लाख, सानिमा लाइफ १९ करोड ११ लाख, रिलायन्स लाइफ १७ करोड ४६ लाख प्रभु लाइफ १३ करोड ७९ लाख र महालक्ष्मी लाइफको ९ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS