Connect IPS
IME Life

पुस लागेसँगै साधारणसभाको लहर, बीमा कम्पनीमध्ये कसैको पनि छैन सुरसार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष सकिएको ६ महिना वित्नै लाग्दै साधारणसभा डाक्नेको लहर चलेको छ । कम्पनी ऐन अनुसार पब्लिक लिमिटेड कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा सपन्न गरिसक्नु पर्छ । अझ दोस्रो बजारमा सूचिकृत पब्लिक लिमिटेड कम्पनीहरुको साधारणसभालाई महत्वका साथ हेरिन्छ । हिजो आज पत्र-पत्रिकाहरु सूचिकृत कम्पनीहरुको साधारणसभाको सूचनाले भरिन थालेको छ । अर्को तर्फ सञ्चालकहरु साधारणसभाको हतारोमा देखिन्छन् । साधारणसभा पछि मात्रै आफुले लगानी गरेको कम्पनीको प्रतिफल खान पाइन्छ । यसले गर्दा शेयरधनीहरुका लागि साधारणसभा एकदमै महत्वपुर्ण रहन्छ ।

आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा सम्पन्न नगर्ने कम्पनीहरु नेप्सेको वर्गिकरणका क्रममा ‘क’ वर्गमा पर्न सक्दैनन् । यहि कारणले अधिकाम्स बीमा कम्पनीहरु ‘क’ वर्गमा पर्ने गरेका छैनन् । दोस्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये सबैभन्दा धेरै संस्थागत सुशासनमा बाणिज्य बैंकहरु बस्ने गरेको पाइन्छ । गत आर्थिक वर्षको साधारणसभाका लागि २३ वटा बाणिज्य बैंकहरुले मिति तय गरिसकेका छन् । उनिहरु मध्ये अधिकाम्सले साधारणसभा नै सम्पन्न गरेर शेयरधनीहरुलाई लाभांश वितरण गरिसकेका छन् । गत वर्षमा पुस भन्दा अगाडी नै साधारणसभा गर्ने बाणिज्य बैंकहरु यस पटक भने पुसकै समय कुरेर बसेको देखिन्छ ।

Prabhu
Crest

त्यस्तै विकास बैंकहरु मध्ये अहिलेसम्म ९ वटाले मात्रै साधारणसभाको मिति तय गरेका छन् भने उनिहरु मध्ये कतिपयले साधारणसभा सम्पन्न पनि गरिसकेका छन् । त्यस्तै फाइनान्सहरु मध्ये २ वटाले मात्रै साधारणसभाको मिति तय गरेका छन् भने ८ वटाले मिति तय गर्ने अन्तिम तयारीमा छन् । हालसम्म १० वटाले लाभांश घोषणा गरिसकेको हुँदा उनिहरुले यहि महिनामा साधारणसभा गर्न सक्ने देखिन्छ ।

विकास बैंक मध्ये ९ वटाले साधारणसभाको मिति तय गरिसकेका छन् भने कतिपयले सम्पन्न पनि गरिसके । इन्भेष्टमेन्ट कम्पनी मध्ये तीन वटा, होटल टुरिजम मध्ये ४ वटा, जलविद्युत कम्पनीहरु मध्ये ३० भन्दा धेरै, माइक्रोफाइनान्स मध्ये ४२ वटा, उत्पादन तथा प्रशोधनमुलक कम्पनी मधे ७ वटाले साधारणसभाको मिति तय गरेका छन् ।

जीवन बीमा कम्पनीहरु मध्ये अधिकाम्सले अघिल्लो आर्थिक वर्षकै साधारणसभा सम्पन्न गर्न सकेका छैनन् । गत वर्षको त उनिहरुले सुरुवात पनि गरेका छैनन् । त्यस्तै निर्जीवन मध्ये सानिमाले लाभांश नदिने निर्णय गरेको छ भने प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरे पनि साधारणभाको मिति भने तय गरिसकेको छैन । केहि निर्जीवन बीमा कम्पनीहरु लेखापरीक्षण प्रतिवेदन तयार पर्ने अन्तिम अवस्थामा छन् । केहिले बीमा समितिबाट अन्तिम स्वीकृति नपाएका कारण वित्तीय विवरण तयार पार्न पाएका छैनन् ।

बीमा क्षेत्रमा समिति भन्दा पनि बीमा कम्पनीहरुले नै समयमा वित्तीय विवरण तयार पार्ने गरेको पाइदैनन् । जीवन बीमा कम्पनीहरुले एक्चुअरीको बहानामा टार्दै आएका छन्  तर निर्जीवन बीमा कम्पनीहरुले भने गत वर्ष एनएफआरएसको बहानामा ढिलाइ गरेका थिए । गत वर्षै एनएफआरएस लागु भइसकेकोले यस वर्ष उनिहरुले समयमै साधारणसभा गर्न सक्ने अवस्था थियो  तर बीमा समिति तथा शेयरधनीहरुलाई नै अटेर गर्दै समयमा गर्न सकेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS