काठमाडौं । कृषि विकास बैंकले पुस २९ गते पध्रौ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नै केन्द्रिय तालिम प्रतिष्ठान बोडेबाट साधारणसभा गर्ने भएको छ । कोभिड १९ को जोखिमका कारण भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई समेट्ने भएको छ ।
सभाले २० प्रतिशत बोनश शेयर र १.०५२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि ६ प्रतिशत नगद लाभांश दिने भएको छ । प्रस्तावित लाभांश पुस १५ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । साधारणसभाको प्रयोजनका लागि पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
सभाले गत सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन, वित्तीय विवरण, लेखापरिक्षण प्रतिवेदन लागयतका विवरणहरु पारित गर्ने प्रस्ताव रहेको छ ।