IME Life New

नेपाल बंगलादेश बैंकबाट बंगलादेशी लगानीकर्ताले हात झिक्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल बंगलादेश बैंकको कूल पूँजीमा ४१ प्रतिशत लगानी रहेको बंगलादेशको आइएफआइसिले आफ्नो लगानी झिक्ने भएको छ । नेपाल बंगलादेशको संयुक्त लगानी रहेको बैंकको मुख्य प्रवद्र्धकको रुपमा रहेको बंगलादेशी वित्तीय समूह आइसिएफसीले संस्थापक शेयर बिक्री गरेर लगानी फिर्ता लैजाने जानकारी बैंकलाई दिएकोमा प्रस्तावलाई बैंकको संचालक समितिले स्वीकृत समेत गरिसकेको छ ।

खराब कर्जाको कारण वित्तीय संकटमा परेको एनबि बैंकमा सन् २०१० मा प्रवेश गरेको आइएफआइसीले बैंकको वित्तीय अवस्था र आन्तरिक व्यवस्थापनमा निक्कै सुधार ल्याउन सफल भएको थियो । आइसिएफसिले व्यवस्थापनलाई आफ्नो नियन्त्रणमा लिनुपूर्व कूल कर्जा लगानीको ४० प्रतिशत लगानी अर्को प्रवद्र्धक समूह एनबि ग्रुपका कारण खराब कर्जामा परिणत भएको थियो ।

Esewa
Crest

यसैबीच रेटिङ एजेन्सी इक्रा नेपालले निगरानी सहित नेपाल बंगलादेश बैंक लिमिटेडको शेयरजारी कर्ता र ऋण पत्र जारीकर्ताको रुपमा पुरानै रेटिङलाई यथावत राखेको छ ।

इक्रा नेपालले त्रिपल बि प्लस एण्ड वन र २ अर्बको ऋण पत्रको लागी एल त्रिपल बि प्लस एण्ड रेटिङलाई पुनः पुष्टी गरेको हो । यस्तो रेटिङ(जोखिम वर्गिकरण)ले वित्तीय दायीत्व समयमै पुरा गर्ने सन्दर्भमा सम्बन्धित कम्पनीको मध्यस्तरको जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS